+
+

नेपालमा ‘वाकान्डा फरेभर’ र ‘उचाइ’को ओपनिङ प्रक्षेपणभन्दा न्यून, कमाइ कति ? 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १७:२७

काठमाडौं । यस साता नेपालमा रिलिज भएका हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र बलिउड फिल्म ‘उचाइ’ दुवैले प्रक्षेपणभन्दा कमजोर ओपनिङ गरेका छन् ।

विश्वमै बहुप्रतीक्षित मानिएको ब्ल्याक प्यान्थरको दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा एक करोडभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण थियो । अर्कोतर्फ नेपालमै सुटिङ भएको ‘उचाइ’ले सम्मानित ओपनिङ गर्ने अनुमान थियो ।

‘वाकान्डा फरेभर’ले शुक्रबार र शनिबार नेपालमा एक करोड १७ लाख रुपैयाँ कमाएको छ । जबकि ‘उचाइ’को कमाइ दुई दिनमा ६५ लाख ग्रस मात्र छ ।

मिश्रित समीक्षा प्राप्त गरेको मार्भल स्टुडियोको फिल्म वाकान्डा फरेभरले आक्रामक ओपनिङ गर्ने प्रक्षेपण थियो । तर मल्टिप्लेक्सभन्दा अन्य थिएटरमा यो फिल्मले अपेक्षाकृत ओपनिङ गर्न सकेन । तर मल्टिप्लेक्समा आइतबार पनि अकुपेन्सी ५० देखि ८० प्रतिशतसम्म छ ।

अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘उचाइ’ नेपालमै छायांकन भएकाले पनि नेपाली दर्शकले यसलाई लिएर प्रतीक्षा गरिरहेका थिए । तर उचाइले राम्रो समीक्षा प्राप्त गरेको विकडेजमा फिल्मले पिकअप लिनसक्ने अनुमान छ ।

भारतीय बक्स अफिसमा शुक्रबारभन्दा आइतबारको कमाइ उच्च छ । यो सिद्धान्तअनुसार नेपालमा पनि फिल्मले विकडेजमा कमाइ गर्न सक्छ । अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’ले भने निकै कमजोर व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?