
२८ कात्तिक, मोरङ । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ ।
महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ ।
इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
छनोटमा परेको उत्कृष्ट लोगोलाई रु एक लाख नगदले पुरस्कृत गरिनेछ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ ।
लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4