+

नेपालले दशरथ रंगशालामा ५०औं खेल खेल्दै

२०७९ कात्तिक  २९ गते १३:५७ २०७९ कात्तिक २९ गते १३:५७
नेपालले दशरथ रंगशालामा ५०औं खेल खेल्दै

२९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ ।

नेपालले दशरथ रंगशालामा पहिलो पटक सन् १९८४ मा खेलेको थियो ।

दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब चार दशकमा नेपालले दशरथ रंगशालामा ५० खेल खेल्न लागेको हो ।

नेपालले दशरथ रंगशालामा १९८४ मा पहिलो साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध खेलेको थियो । यो खेल नेपालले ४-० ले जितेको थियो ।

त्यस खेलमा गणेश थापाले २ तथा रुपक राज शर्मा र कृष्ण थापाले १-१ गोल गरे ।

दशरथ रंगशालामा नेपालले ४९ खेल खेल्दा ५७ गोल गरेको छ ।

दशरथ रंगशालामा भरत खवास र अन्जन विष्टले एक एक ह्याटि्रक गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्ध फुकुवा भएपछि नेपाल आउन लागेको पाकिस्तानसँग नेपालले यसअघि १६ पटक खेलेको छ ।

दशरथ रंगशाला नेपाल-पाकिस्तान नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय