
१ मंसिर, जुम्ला । जुम्लाको प्रदेशसभा (२) मा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकीकृत समाजवादीका पदमबहादुर रोकायासँग नेकपा एमालेका टेकराज पछाईबीच मुख्य प्रतिस्पर्धा हुादैछ ।
रोकाया २०७४ सालमा रोकायाले यही क्षेत्रबाट नेकपा एमालेको उम्मेदवारको रुपमा जित हासिल गरेका थिए । नेकपा एमाले विभाजन भएपछि हाल एकीकृत समाजवादीमा रहेका उनी आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धामा छन् । पार्टीले एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको निर्णयमा चित्त नबुझेपछि नेपाली कांग्रेसका पुराना नेता धनबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा (२) मा नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रका तीन स्थानीय तह र तिला गाउँपालिका समेटिएको छ । यस्तै सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावत र स्वतन्त्रबाट धनबहादुर बस्नेत उम्मेदवार छन् ।
मन्त्री रोकायालाई बिजय हुन नेकपा माओवादी र नेपाली कांग्रेसको बढी भर पर्नुपर्नेछ । यस क्षेत्रमा कांग्रेस र माओवादीको उम्मेदवार नहुदा माओवादीको मत गठवन्धनका रोकायालाई जाने देखिन्छ तर नेपाली कांग्रेसका नेता धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी परेको हुदा केही काट्ने अनुमान छ ।
रोकायाले यस पटक आफू विजयी भएमा सिंजा सभ्यता विधेयक संशोधन गरी पुन प्रदेशसभामा पेश गर्ने बताएका छन् । उनले नाग्म गमगढी राजमार्गको स्तरवृद्धि, सिंजा सभ्यताको विकास सहित विकास निर्माणको काममा सहजीकरण गर्ने बताएका छन् ।
एमालेका उम्मेदवार टेकराज पछाईले विगतमा चुनाव जितेर गएका नेताहरुको कार्यशैली र ब्यवहारप्रति आम जनसमुदाय असन्तुष्ट रहेकाले आफूले मत पाउने बताएका छन् । ‘विगतका जनप्रतिनिधिसँग अनगिन्ती प्रश्नहरु छन्, ती प्रश्नहरुप्रति जवाफदेही हुनु र राजनीतिभित्र लागेका फोहोर सफा गर्नु आजको मुख्य कार्यभार हो । त्यो पुरा गर्न अविचलित र सशक्त ढंगले क्रियाशील हुने संकल्प छ’ उनले भने ।
कांग्रेसका पुराना नेता स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत आफूले नेपाली कांग्रेसको विभिन्न तहको नेतृत्व सम्हालिसकेको तर ७० वर्षसम्म अवसर नपाएको बताएका छन् । उनले २ पटक गाविस अध्यक्ष, ३ पटक तत्कालिन समयमा क्षेत्रपाल भएपनि पछिल्लो समय पार्टीले विश्वास नगरेको भन्दै आफूले जुम्लाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएकोमा जोड दिए ।
जुम्लाको प्रदेशसभा (२) सिंजा क्षेत्रमा पर्छ । नेपाली भाषाको उद्गम स्थल सिंजा र खस सभ्यताको जन्मभूमि भएपनि हालसम्म सिंजा सभ्यताको संरक्षणका बिषयमा प्राथमिकता परेको देखिदैन ।
यसअघि कर्णाली प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा (१) का सांसद नरेश भण्डारीले संसदमा गैरसरकारी विधेयकको रुपमा दर्ता गरेका सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रदेशसभामा अघि बढ्न सकेन । यस बिषयमा कयौ सिंजालीले यो एजेण्डाका बिषयमा उम्मेदवारलाई प्रश्न गर्दै आएका छन् ।
प्रतिक्रिया 4