+
+

उद्योगी दुगड सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १५:१४

काठमाडौं । के एल दुगड समूहका अध्यक्ष किसनलाल दुगड सम्मानित भएका छन् ।
नेपाल बैंक लिमिटेडको ८६औं वार्षिकोत्सबको अबसरमा दुगड सम्मानित भएका हुन् ।

बैंकको स्थापना कालदेखि नै व्यावसायिक साझेदारको रुपमा रहेको भन्दै दुगडलाई सम्मान गरिएको बैंकले जनाएको छ ।

मुलुकमा आर्थिक कारोबारलाई प्रबर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उद्यमशीलताको वृद्धिमा दुगडले योग्दान पुर्‍याएको नेपाल बैंकले जनाएको छ ।

सम्मान ग्रहण गर्दै दुगडले आफूले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको र सन् १९६० मा नेपाल बैंक मार्फत नै एलसी खोलेर कच्चा जुट निर्यात गरेको स्मरण गरे । उनले बंगलादेशमा चामल निर्यात गरेकोबारे पनि स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?