
१ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं-७ बाट प्रतिनिधिसभाका उम्मेदवार चुच्चे नक्सा बाँड्दै घरदैलो गरिरहेका छन् ।
नापी विभागका पूर्वकर्मचारीसमेत रहेका ईश्वर अर्याल स्वतन्त्र उम्मेदवारी दिएर घरदैलो गर्दै मत मागिरहेका छन् ।
यसअघि नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा कार्यरत अर्यालले राजीनामा दिएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका हुन् ।
चुनावी मैदानमा उत्रिएका उनले अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको नक्सा निःशुल्क उपलब्ध गराइसकेका छन् ।
मतदाताकोमा मत माग्न जाँदा आफ्नो घोषणापत्रसँगै चुच्चे नक्सा पनि बाँडने गरेका छन् । उनले भन्ने गरेका छन्, ‘देशको सीमाबारे सबैले जानकारी दिनु अति जरुरी छ। त्यसकारण म यही नक्कसा बाँडिरहेको छु।’
अरु उम्मेदवारको भन्दा आफ्नो एजेण्डा मौलिक र वैज्ञानिक रहेको दाबी गर्ने अर्यालको चुनाव चिह्न ‘चापाकल’ हो ।
प्रतिक्रिया 4