
काठमाडौं । डीएभी विद्यालयमा तीन दिने फुड डाेनेसन कार्यक्रम सञ्चालन गरिएको छ । सुपर बावल फुड डोनेसन नाम दिइएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक र कर्मचारीको सहभागिता रहेको थियो ।
२८,२९ र ३० कात्तिकसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरुलाई मानवीय जिम्मेवारी बोध गराउने विषयमा मदर टेरेसा सोसल सर्भिस कल्वले विभिन्न टिप्सहरु दिएको थियो । विद्यालयले हरेक दुई वर्षमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा सहभागीहरुले विभिन्न प्रकारका खाद्यान्नहरु दान गरेका थिए । संकलित खाद्यान्नलाई ललितपुरको झम्सीखेल र लुभुमा रहेको मेरी वार्ड स्कुल, कीर्तिपुरस्थित होर्याक नेपाल, मञ्जुश्री वृद्धाश्रम, डोलाहिटी र आश्रय नेपालका सञ्चालकहरुलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
यस्तै ललिपुरको महालक्ष्मीस्थान स्थित मुदीता सेवागृह, टिखीदेवलस्थित दी अर्फन होम्स् र रवीभवस्थित आमाघरका सञ्चालकहरुलाई पनि खाद्यान्न हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया 4