
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज देशभर मतदान हुँदैछ । सेलिब्रिटीले समेत आ-आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्दैछन् । कतिपय कलाकार चाहिं विभिन्न कारणवश मतदान गर्नबाट बञ्चित हुने देखिएको छ ।
अभिनेता राजेश हमालले लैनचरस्थित शान्ति विद्या निकेतन मतदान केन्द्रबाट मतदान गर्दैछन् । अभिनेत्री करिश्मा मानन्धरले लाजिम्पाट मतदान केन्द्रबाट भोट हाल्नेछिन् ।
अभिनेत्री केकी अधिकारीले चावहिलस्थित मतदान केन्द्रबाट भोट हाल्नेछिन् । अभिनेता दीपकराज गिरीले दहचोक मतदान केन्द्रबाट मतदान गर्दैछन् । दीपाश्री निरौलाले विराटनगरबाट मतदान गर्नेछिन् ।
‘नाइँ नभन्नु ल ६’ फिल्मको छायांकनमा व्यस्त हुनुपरेकाले अभिनेत्री आँचल शर्माले यसपटक भोट हाल्नबाट बञ्चित हुने देखिएको छ । उनी अहिले झापामा छिन् र उनको मतदान केन्द्र काठमाडौं-४ हो ।
अभिनेत्री रेखा थापा राप्रपाबाट आफैं उम्मेदवार भएकाले उनी आफ्नै निर्वाचन क्षेत्र मोरङ-३ मा सक्रिय छिन् । उनको मतदान थलो चाहिं काठमाडौंको मित्रपार्क हो । रेखा पनि मतदानबाट बञ्चित हुने देखिएको छ । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अमेरिकामा भएकाले उनीहरु मतदानबाट वञ्चित हुनेछन् ।
भुवन केसी र अनमोल केसीले पुरानो बानेश्वरस्थित केन्द्रबाट मतदान गर्दैछन् । अन्य कलाकार पनि मतदानकोे लागि आ-आफ्नो निर्वाचन क्षेत्रतर्फ पुगेका छन् ।
प्रतिक्रिया 4