
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ ।
कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।
केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4