
४ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१४ मयुरधापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मोटर लगाएर इनार खन्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा बाँकेको पैजापुर गाउँपालिका-४ घर भड्ढ हेटौंडा बस्दै आएका ३० वर्षीय प्रकाश थारुको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका थारुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । थारु मकवानपुर कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4