
काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ भएको बताएकी छन् ।
आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरिसकेपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
‘अहिलेको चुनाव नयाँ र पुरानो पुस्ताभन्दा पनि नयाँ र पुरानो सोचबीचको लडाइँ हो,’ केकीले भनिन्, ‘यो चुनावमार्फत पुरानो सोचको अन्त्य गर्न आवश्यक छ ।’
मतदान गर्न पाउँदा आफू उत्साहित भएको भन्दै उनले चुनाव नयाँ युगको नयाँ बिहानी भएको उल्लेख गरिन् ।
सामाजिक र राजनीतिक विषयमा आफ्नो धारण सार्वजनिक गर्न रुचाउने केकी मतदानका लागि आमाबुवा र परिवारका अन्य सदस्यसहित पुगेकी थिइन् ।
तस्वीर : कमल प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4