
४ मंसिर, बुटवल । रुपन्देहीमा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि बिहान ७ बजेबाट मतदान भइरहेको छ ।
रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ जना मतदाता छन् । स्थानीय तहमा भन्दा अहिले मतदाताको सहभागिता र उत्साह केही कम देखिएको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।
कार्यालयका अनुसार रुपन्देहीमा २८ राजनितिक दल चुनावी प्रतिस्पर्धामा छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०३ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाले मतदान गर्न पाउनेछन् ।
रुपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया 4