
४ मंसिर, रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आइतबार जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३:३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए ।
उनले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताए । रसुवामा ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4