
४ मंसिर, मुगु। मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न हिँडेका गाउँपालिका-३ का ७५ वर्षीय जोख्या दमाईको लडेर मृत्यु भएको छ।
मतदान गर्न खत्याड गाउँपालिका जाँदै गरेका उनको शनिबार खत्याड गाउँपालिका सेरी भन्ने स्थानमा लडेर मृत्यु भएको उनीसँगै हिँडेका साथी कांग्रेसका निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीले बताए ।
शाहीका अनुसार मृतक जोख्या दमाइको भीरबाट लडेर मृत्यु भएको हो । दृष्टिविहीन कल्से नेपालीको सारथीका रुपमा विगत १० वर्षदेखि सारथी बन्दै आएका थिए ।
दृस्टीविहिन कल्से नेपाली भने सकुशल रहेका छ्न् । कल्से नेपाली मुगुका दृस्टीविहिन देउडा खेलाडी हुन् । कल्सेलाई हरेक स्थानमा जोख्या दमाईले सारथी बनेर लैजाने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4