
४ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बारामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बारामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदानका लागि योग्य मतदाता थिए ।
मतदान सकिएलगत्तै मुचुल्का गरेर मतपेटिकाहरु मतगणना स्थलतर्फ ल्याउन सुरु भएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । बारामा ४ वटा क्षेत्रको छुट्टाछुट्टै स्थानमा मतगणना गर्नेगरि तयारी गरिएको छ ।
मतपेटिका संकलन गरिसकेपछि सर्वदलीय बैठक बोलाइनेछ । सम्भव भएसम्म अबेरराति र नभए सोमबार बिहानदेखि मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4