५ मंसिर, संखुवासभा । चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र संखुवासभाको भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको छ ।
भोटखोला गाउँपालिकाको किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको हो ।
भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाक मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टरमार्फत ल्याउने सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले जानकारी दिए ।
सडक सञ्जाल नजोडिएको र भौगोलिक हिसाबले निकै विकट भएकाले हेलिकप्टरबाट ल्याउन लागिएको सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4