
५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हलमा मतगणना सुरु भएको हो ।
आज बिहान बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरेर मतगणना सुरु भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकैपटक सुरु भएको छ। मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
यो क्षेत्रबाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका हृदयराम थानी र एमालेबाट जिल्ला अध्यक्ष अमृत बिसी उम्मेदवार छन् ।
यस्तै २ (क) बाट प्रदेश सभाका लागि एमालेका यामलाल कँडेल, सात्तारुढ गठबन्धनबाट कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा एकीकृत समाजवादीबाट शिवप्रसाद उपाध्याय उम्मेदवार छन्।
यस्तै २ (ख) मा माओवादीबाट (कांग्रेस-माओवादी) बिन्दमान विष्ट र एमालेबाट ताराकेशर गौतम र एकीकृत समाजवादीका मोहनसिंह बडुवाल उम्मेदवार छन्।
प्रतिक्रिया 4