
५ मंसिर, रामेछाप । आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सोमबार साझँदेखि गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहका अनुसार अहिले सर्बदलीय बैठक बस्ने तयारी भइरहेको बताए ।
बैठक सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु हुने उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारीहरु केही दिनदेखि सुत्न नपाएको कारण उनिहरु थकित रहेको र केही समय आराम गराएर मतगणना सुरु गर्न लागिएको उनले जानकारी दिए । १ लाख ८० हजार मतदाता रहेको जिल्लामा आइतबार सम्पन्न निर्वाचनमा ८८ हजार ४ सय ९७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4