+
+

मोरङ-२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार भट्टराइद्वारा मतगणना बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १६:०४

५ मंसिर, विराटनगर । मोरङ क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार विनोदमणि भट्टराईले मतगणना बहिस्कार गरेका छन् ।

सर्वदलीय बैठकमा स्वस्तिक छाप र ल्याप्चे दुवै लागेको मतपत्रलाई पनि सदर गर्ने भनिएपछि आफूले बैठक बहिस्कार गरेको भट्टराईले अनलाइनखबरलाई बताए । ‘यस्तो कुरा स्वीकार सकिंदैन भनेर म सर्वदलीय बैठक छाडेर हिंडें,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मतगणनामा हामी सहभागी हुँदैनौं ।’

मोरङ क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल, नेपाली कांग्रेसकी सुजाता कोइराला, राप्रपाका गोपाल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने लगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?