
५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले सुरुवाती अग्रता लिएका छन् ।
नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले २९६ मतका साथ अग्रता लिएका हुन् । दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे छन् । उनले २६५ मत ल्याएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा छन् । उनले २५६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २४६ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4