
६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन-१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4