+
+

सुनसरी-१ मा घण्टीलाई उछिन्दै माओवादीका सुब्बा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:५५

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी थिइन् ।

७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् । रास्वपाकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् ।

स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?