
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवास नेम्बाङलाई फेरि पछाडि पारेका छन् ।
उक्त क्षेत्रमा नेम्बाङ र खड्काबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार खड्काले ३ हजार ७५६ मत ल्याउँदै फेरि अग्रता बनाएका छन् । यसअघि नेम्बाङ अगाडि थिए । उनले ३ हजार ४५५ मत पाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वाले ७९१ मत पाएका छन् ।
इलाम-२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुवास नेम्बाङ विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4