+
+

बाँके-२ प्रदेशसभा-१ मा जसपाका यादव विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २१:२७

६ मंसिर, बाँके। बाँके निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा-१ मा जनता समाजवादी पार्टी विजयी भएको छ ।

मंगलबार समपन्न मतगणनामा जसपाका उम्मेदवार भण्डारी लाल यादव विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यादवले ११ हजार ५०४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय बहादुर यादवले ९ हजार ३५६ मत मात्र ल्‍याए ।

यस्तै नेपाली कांग्रेसका उम्‍मेदवार राजकुमार कर्मीले ८ हजार ७३१ , स्वतन्त्र उम्‍मेदवार अब्दुल कादिर साईले १ हजार ४५२, अर्का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले ८५५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?