
६ मंसिर, काठमाडौं । काठमाडौं–५ बाट निर्वाचित नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विजय जुलुस ननिकाल्ने बताएका छन् । मंगलबार राति मत परिणाम सार्वजनिक भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै उनले अब जनतालाई घरघरमा पुगेर धन्यवाद दिने बताए ।
‘हामीले विजय जुलुस मनाउने छैनौं, जनताको घरघरमा गएर धन्यवाद ज्ञापन गर्नेछौं’ उनले भने, ‘मतदातालाई आभार व्यक्त गर्दै तपाईले हामीप्रति गर्नुभएको भरोसालाइर्ए टुट्न दिने छैनौं भनेर घरघरमा पुगेर भन्नेछौं । निर्वाचनमा गरेको प्रतिवद्धता छिटो भन्दा छिटो पूरा गर्नेछौं ।’
उनले प्रदेशसभा निर्वाचन क्षेत्रको नतिजा आइसकेपछि सबै निर्वाचित उम्मेदवार मिलेर मतदातासमक्ष जाने पौडेलले बताए ।
पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले मतदाताले आफूप्रति गरेको विश्वासलाई अझै बलियो बनाउने बताए ।
प्रतिक्रिया 4