
७ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ । दार्चुलाको प्रदेशसभा (२) मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि रहेका धामी १३ हजार १७१ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।
धामी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको साथ पाएर यसै क्षेत्रबाट विजयी भएका थिए । यसपटक उनलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सघाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4