
७ मंसिर, जाजरकोट । जाजरकोटमा प्रदेश सभा तर्फ नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ ।
एक मात्रै निर्वाचत क्षेत्र रहेको जाजरकोटमा प्रदेशसभा (क) मा वेदराज सिंह र (ख) मा राजीविक्रम शाह निर्वाचित भएका हुन् । सिंहले नेकपा एमालेका डम्बरबहादुर सिंह र शाहले एमालेकै खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।
कांग्रेसका सिंहले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२४७० मत पाए ।
यस्तै कांग्रेसका शाहले १६०४० मत ल्याउँदा उनका प्रतिस्पर्धी शाहीले १०५३० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4