
७ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका बीरबहादुर बलायरले नेकपा एमालेका लेखराज भट्टसँगको अग्रता बढाएका छन् । बलायरले २० हजार ८९६ मत प्राप्त गर्दा भट्टले १८ हजार ७२३ मत प्राप्त गरेका छन् । उनीहरूबीच २ हजार १७३ को मतान्तर छ ।
मंगलबार दिउँसोको मतगणनामा लेखराजले अग्रता लिएका थिए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट लेखराज भट्ट निर्वाचित भएका थिए । यसअघि माओवादीबाट विजयी हुँदै आएका उनी पहिलोपटक सूर्य चिह्नबाट चुनाव लडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4