
७ मंसिर, नवलपरासी । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. २ ‘१’ मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतको झिनो मतान्तरले पराजित गरेका हुन् ।
बस्नेतले १२ हजार ४४९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार प्रधानले १२ हजार ३७८ मत ल्याएका छन् । तेस्रोमा एमालेका थानप्रसाद गैरेको ८ हजार ८८४ मत छ ।
माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्तारुढ गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रकै उम्मेदवार चिनक कुर्मी भने २ हजार २९ मत पाएर छैटौं स्थानमा रहे । कुर्मीको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत आवश्यक छ ।
चौथो र पाँचौंमा क्रमशः राष्ट्रिय उन्मुक्ति पार्टी र लोसपाका उम्मेदवार रहे । कुल ३७ हजार ९५२ मत खसेको प्रदेशसभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया 4