+
+

सोलुखुम्बुबाट एमालेका वुद्धिकुमार राजभण्डारी प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २१:३७

७ मंसिर, सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा निर्वाचन क्षेत्र-१ मा नेकपा एमालेका वुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेतलाई हराउँदै राजभण्डारी निर्वाचित भएका हुन् ।

राजभण्डारीले १० हजार १२८ र बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन् । यी दुई बीच ३ हजार ३ सय १३ मतान्तर छ ।  २०७४ सालको निर्वाचनमा पनि राजभण्डारी निर्वाचित भएका थिए । उनले नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्बाह गरेका थिए ।

प्रमुख सचेतक बनेका राजभण्डारीलाई गठबन्धनका साझा उम्मेदवारसँग जित्न चुनौती थियो । सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क को मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?