
७ मंसिर, बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।
मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।
निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा-वडाको छुट्टै गणना गर्न माग गरेपछि विवाद भएर मतगणना रोकिएको हो ।
प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेशसभाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत केसीले जानकारी दिएका छन् ।
मतगणना कोल्हबी नगरपालिकाको नयाँ भवनमा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4