
७ मंसिर, बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा नेकपा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले बताए ।
उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् ।
यस्तै जनमत पाटीका अनुरागनाथ शुक्लले ८ हजार ७ सय ३८ मत पाएका छन् ।
ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4