
८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।
८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर विजयी भए । खतिवडाले ३० हजार ३९६ मत पाए । खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन् ।
खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए । संसदीय निर्वाचनमा विरोधको यो पहिलो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4