
८ मंसिर, सुर्खेत । सुर्खेत २ को प्रदेश सभा १ मा नेकपा एमालेका यामलाल कंडेल विजयी भएका छन् ।
कंडेलले १६१ मतान्तरले विजयी भएका हुन् । उनले १८ हजार ५६१ मत ल्याए भने कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४०० मत पाए ।
यस्तै राप्रपाका सुर्यबहादुर खत्रीले ३६८५ एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले एक हजार २०० मत पाए ।
एमालेका कंडेल यसअघि पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4