
सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।
उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।
तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4