
८ मंसिर, काठमाडौं । काभ्रे प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा एकीकृत समाजवादी पार्टीका लक्ष्मण लम्साल विजयी भएका छन् । उनले नेकपा एमालेका कुमार खकुरेललाई झिनो मतान्तर (१८८ मत) ले पराजित गरेका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार लम्सालले १९ हजार ४०८ मत ल्याउँदा एमालेका खकुरेलले १९ हजार २२० मत ल्याए ।
को हुन् लक्ष्मण लम्साल ?
लक्ष्मण लम्साल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी मण्डनदेउपुर नगरपालिका-७ का बासिन्दा हुन् । २०४७ सालमा अनेरास्ववियुको सदस्यता लिएका उनी २०औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । २१औं राष्ट्रिय सम्मेलनमा काभ्रेकै नविना लामासँग अध्यक्षमा उनी पराजित भएका थिए ।
नेकपा एमाले केन्द्रीय कृषि विभागका सचिव समेत भएका उनी २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए । नेकपा विभाजनपछि भने हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीमा छन् ।
प्रतिक्रिया 4