
८ मंसिर, नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्वर २ नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई २ हजार २१ मतान्तरले हराएका हुन् ।
कार्कीको पक्षमा ३६ हजार १०४ मत आउँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ६ हजार ४४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार ३२४३ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा ८५ हजार ३९९ मत खसेको थियो ।
खसेको मत मध्य ३ हजार ४५१ मत बदर भएको थियो ।
२०७४ सालको निर्वाचनमा कांग्रेसका विष्णुकुमार कार्की एमालेका तिलक महत संग १३ सय ३३ मत अन्तरले पराजित हुनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4