
९ मंसिर, काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार मानिएका भीम पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
मोरङको ४ (२) बाट पराजुलीले एमालेका जीवन घिमिरेलाई पराजित गरेका हुन् । पराजुलीले
११ हजार ४७९ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी घिमिरेले ९ हजार ६९१ मत पाए ।
यस्तै, राप्रपाका माधवप्रसाद आचार्यले ६९३५ र जनता समाजवादी पार्टीका संजयकुमार सिंहले १४६० मत पाए ।
नवनिर्वाचित प्रदेश सभा सदस्य आचार्य विराटनगर महानगरपालिका पूर्वमेयर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4