
काठमाडौं । अभिनेता राजेश हमाल इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा शुक्रबार यूएई प्रस्थान गर्दैछन् । उनले त्यहाँ रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा कार्यालयमा आउने सेवाग्राही र नेपाली कर्मचारीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
दुबईको बर दुबई र जेबेल अली सपर्स मल शाखा, अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा अभिनेता हमाल पुग्नेछन् । उनले दुबई र अबुधाबीमा इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको प्रवर्द्धन गर्ने कार्यक्रम छ ।
इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान प्रवर्द्धन गर्नुका साथै विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउनेछन् ।
विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा सिधै पैसा पठाउन सकिन्छ ।
यस अभियानको योजनामा सहभागी बनेवापत हरेक महिना हुने एक जनाले गिफ्ट प्याकेज पाउने र एक जनाले योजनाको अन्त्यमा काठमाडौंमा सपनाको घर जित्न सक्ने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।
प्रतिक्रिया 4