
९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन् ।
नेकपा एमालेका नेपालु चौधरीलाई १२५ मतान्तरले पराजित गर्दै धामी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
धामीले ९ हजार ३८७ मत प्राप्त गरे भने एमालेका चौधरीले ९ हजार २६२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका श्रीमराम चौधरीले ७ हजार ८६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्करदत्त भट्टले ४ हजार ७६७ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्यमा विजयी भएका धामी २०७४ को निर्वाचनमा भने कैलाली-५ को प्रदेशसभा (२) बाट पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4