+
+

कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरूणकुमार चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १५:१९

९ मंसिर, कैलाली। कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्‍मेदवार झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एमालेका रावलले १६ हजार १२८ मत ल्‍याए ।

यस्तै माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?