+

मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

२०७९ मंसिर  ११ गते ९:१३ २०७९ मंसिर ११ गते ९:१३
मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

११ मंसिर, काठमाडौं । कप्तान लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध पहिलो हाफमा खासै मुभ बनाउन सकेन ।
तर दोस्रो हाफमा मेसी चम्केपछि अर्जेन्टिना विजयी भयो ।

खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

८७औं मिनेटमा मेसीकै वासमा एन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो ।

पहिलो जितपछि अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर समूह सी को दोस्रो स्थानमा उक्लेको छ ।

एक जित र बराबरीबाट ४ अंक जोडेको पोल्याण्ड शीर्ष स्थानमा छ । साउदी अरेबिया ३ अंकसहित तेस्रो र १ अंक रहेको मेक्सिको चौथो स्थानमा छ ।
अब अर्जेन्टिनाले अन्तिम खेलमा पोल्याण्डसँग खेल्नेछ र अन्तिम १६ मा पुग्न पोल्याण्डलाई पनि हराउनुपर्नेछ ।

 

अर्जेन्टिना फिफा विश्वकप मेक्सिको
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय