
काठमाडौं । सुशील नेपालको कविता संग्रह ‘भग्नावशेषमाथि टोलाएको परेवा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा पुस्तक विमोचन गरिएको हो ।
कविता संग्रहमाथि कवि तथा समालोचक प्रमोद प्रधान तथा प्राध्यापक तथा समालोचक शैलेन्दु प्रकाश नेपालले चर्चा गरेका थिए । साहित्यकारहरु दिनेश अधिकारी, प्रकाश सायमी, शरदचन्द्र वस्ती, विष्णुविभू घिमिरे, तारा बराल, विटु केसी बराल लगायतले कृतिको सफलताको कामना गरे ।
तीसको दशकदेखि साहित्य सिर्जना गर्दै आएका नेपालको यो पहिलो कविता संग्रह हो । उनी अमेरिकाको बोस्टनमा बसोबास गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4