
काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)का जुरीहरु तय भएका छन् । मंसिर २२ देखि पाँच दिनसम्म आयोजना हुने फेस्टिभलमा यसपटक अन्तर्राष्ट्रिय फिल्ममेकर पनि सहभागी हुनेछन् ।
यसपटक उल्जु फिल्म फेस्टिभलकी निर्देशक जिन्ना ली, एनिमेसनमा ख्याति कमाएका नेपाली फिल्ममेकर किरणभक्त जोशी र जर्मनीका निर्देशक माइकल पज जुरीको रुपमा हुनेछन् ।
विदेशी फिल्ममेकरहरु स्वीटजरल्याण्डका निकोलस बोसार्ड, स्पेनका गुलिमोरो डे ओलिभिएरा, अष्ट्रेलियाका कालानी गाकोन, इरानका मोहम्मद रेजा मोहम्मदी, क्रिस्टोफर थोमस, तातानिया किसेलेभा, अर्जेन्टिनाका पाब्लो पोलेड्री र अलेजान्ड्रो फेर्लिनी, इटालीका पाब्लो बोनफादिनी, मारियाना एक्स रिभेरिया, केइला केपेडा लगायत सहभागी हुनेछन् ।
यसपटक पनि अन्तर्राष्ट्रियतर्फ प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी विधामा २०–२० फिल्मले प्रतिस्पर्धा गर्नेछन् । नेपाली पानोरमातर्फ दुई दर्जनभन्दा बढी फिल्मले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटकको किम्फको नारा ‘दिगो आरोहण’ (सस्टेनेबल समिट) राखिएको छ । सोहीअनुसार आधिकारिक पोस्टर पनि सार्वजनिक गरिएको छ । आगामी शुक्रबार राष्ट्रिय सभागृहमा महोत्सव सुरु हुँदैछ ।
प्रतिक्रिया 4