
काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान’ जोडी टम हल्याण्ड र जेन्डाया जति रिल लाइफमा चर्चामा छन्, उति नै रियल लाइफमा पनि यो जोडी चर्चामा छ ।
एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुई कलाकारको सम्बन्ध दिनप्रतिदिन बलियो हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टम र जेन्डायाले भविष्यको योजना पनि बुनिरहेका छन् ।
खुलेरै प्रेम सम्बन्धमा बसेका उनीहरु यतिबेला विवाह गर्ने सोचमा छन् । यूएस विक्ली म्यागजिनका अनुसार यो जोडी सम्बन्धलाई लिएर गम्भीर छ । स्पाइडरम्यान फ्रेन्चाइजमा काम गरेपछि नजिक भएका उनीहरु चुम्बनको तस्वीरले भाइरल समेत बनेका थिए ।
उक्त तस्वीर भाइरल बनेदेखि नै पहिलोपटक रोमान्सको अफवाह फैलिएको थियो । त्यसपछि दुवै जना छुट्टी मनाउन गएका थिए । अन्ततः यी दुईले ‘स्पाइडरम्यान : नो वे होम’को रेडकार्पेटमा आफ्नो रोमान्सलाई आधिकारिक बनाए ।
दुवै जना सम्बन्धको बारेमा धेरै बोल्दैनन् र अन्तर्वार्ताको समयमा पनि धेरै कुरा गोप्य राख्न रुचाउँछन् ।
प्रतिक्रिया 4