
११ मंसिर, काठमाडौं । शक्ति मिलन समाजकी सह-संस्थापक नातिसरा राईलाई भारतको प्रसिद्ध कमला भासिन अवार्ड प्रदान गरिएको छ ।
१३ वर्षको उमेरमा भारतमा बेचिएकी राईले शनिबार उक्त पुरस्कार प्राप्त गरेकी हुन् । २६ वर्षपछि भारत फर्किएकी उनलाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।
राई सहसंस्थापक रहेको संस्थाले एचआइभी संक्रमित महिलाहरुको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन लगायतमा सहयोग पुर्याउँदै आएको छ ।
कमला भासिनको सम्झनामा स्थापित उक्त पुरस्कार लैगिंक समानताका लागि काम गरिरहेकाहरुका लागि प्रदान गरिन्छ । उक्त पुस्कार आजाद फाउण्डेसनले प्रदान गर्दै आइरहेको छ ।
महिला अधिकारका क्षेत्रमा काम गर्नेका लागि उक्त पुरस्कार नेपाल, भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान र अफगानिस्तानका नागरिकलाई प्रदान गरिन्छ । अवार्डको राशी एक लाख भारतीय रुपैयाँ रहेको छ ।
भासिनले महिलाका अधिकारका पक्षमा काम गर्दै आएकी थिइन् । कमला भासिन लेखिका समेत हुन् ।
प्रतिक्रिया 4