
काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।
१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरेका हौं,’ सलोनका बुबा शोभित बस्नेतले भने ।
विवाह समारोहमा अभिनेता सलिनमान बनिया, कोरियोग्राफर रामजी लामिछाने लगायत उपस्थित थिए ।
सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4