
१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित ३६ जना घाइते भएका छन् ।
सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् ।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा उक्त संख्यामा नगर प्रहरी घाइते भएका हुन् । घाइते मध्ये दुई जनाको वीर अस्पताल र अन्यको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइते हुनेमा अधिकांश नयाँ भर्ती भएका नगर प्रहरी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4