+
+

चर्चित अमेरिकी भित्ते चित्रकार म्यान वान नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १७:५९

काठमाडौं । चर्चित अमेरिकी भित्ते चित्रकार म्यान वान काठमाडौंमा हुने स्ट्रिट आर्ट प्रोजेक्ट २०२२ नामक कला प्रदर्शनीमा भाग लिन नेपाल आउने भएका छन् ।

आर्टुडियो र अमेरिकी दूतावासको सहकार्यमा हुन लागेको उक्त प्रदर्शनीमा म्यान वानले भाग लिने निश्चित भएको जनाइएको छ । काठमाडौं र जनकपुरका स्थानीय कलाकारसँग मिलेर उनले कलाको माध्यमबाट बहुसांस्कृतिक समाजलाई प्रस्तुत गर्न स्ट्रिट आर्ट परियोजना प्रस्तुत गर्नेछन् ।

अर्को साता हुने अल्पसंख्यकको समावेशिताको परिकल्पना समेटिएको अन्तिम चरणको भित्ते चित्रमा उनीहरुले म्यान वानसँग सहकार्य गर्नेछन् । कला प्रदर्शनीमा नेपाली मुरल (भित्तेचित्र), ग्राफिटी (भित्ते लेखन), लोक र परम्परागत कलाका सर्जकले भाग लिनेछन् ।

मंसिर २३ गते म्यान वानसँगको सहकार्यमा पोतिने वृहत आकारको पूर्ण भित्ते चित्र सार्वजनिक गरिनेछ । अन्तर्राष्ट्रिस्तरमा उनले थुप्रै भित्तेचित्र सिर्जना गरेका छन् । उत्तरी आयरल्याण्ड, जर्मनी, जापान र मेक्सिको लगायतका मुलुकमा उनले यस सम्बन्धी कार्यशाला सञ्चालन गरिसकेका छन् ।

साथै, एमटीभी र एबीसी टीभीमा उनले केही चर्चित कार्यक्रम पनि होस्ट गरिसकेका छन् । जसमा पिम्प माइ राइड, अमेरिकाज् नेक्स्ट टप मोडल र द कन्टेन्डर कार्यक्रम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?