
१३ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १२ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयर धनीलाई उक्त लाभांश प्रस्ताव गरेको छ ।
हाल ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको १०.५३ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ७.५३ प्रतिशत नगद लाभांश रहेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयर धनीलाई वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4